काठमाडौं । नेपाल राष्ट्र बैंकले अब विदेश जाँदा बढीमा १५ सय डलर मात्रे लैजान पाउने व्यवस्था गरेको छ । डलरको सटही सुविधालाई कटौती गर्दै बैंकले यस्तो निर्णय गरेको हो ।
यसअघि एक पासपोर्ट बराबर २५ सय डलरसम्म सटही सुविधा दिइँदै आएकोमा यसपछिका लागि १५ सयमा झारिएको हो ।
आयातमा भएको वृद्धिले चालू खाताको घाटा बढेपछि राष्ट्र बैंकले डलरको सुविधा कटौती गरेको जनाइएको छ । चालू खातामा घाटा बढ्दा विदेशी मुद्राको सञ्चितीमा दबाब परेको छ जसबाट डलरको स्टक मजबुत रहने बैंकको भनाइ छ ।
चालू आर्थिक वर्षको भदौसम्म चालू खाता घाटा ३५ अर्ब ५६ करोड र शोधानान्तर घाटा २५ अर्ब ४५ करोड पुगेको छ । रेमिट्यान्स बढे पनि आयात उच्च हुँदा शोधानान्तर घाटा भएको बैंकले जनाएको छ ।
प्रकाशित मिति: मंगलबार, कात्तिक २०, २०७५