काठमाडौं । नेपाल स्टक एक्सचेञ्जले आज (मंगलबार) बाट पूर्ण रुपमा अनलाइन कारोबार प्रणाली शुरु गरेको छ ।
होटल याक एण्ड यतिमा आयोजित समुदघाटन समारोहमा अर्थमन्त्री डा. युवराज खतिवडाले नेप्से अनलाइन कारोबार प्रणालीको उदघाटन गरेका छन् । यो प्रणाली शुरु भएसँगै अब सेयर लगानीकर्ताहरुले ब्रोकर कार्यालय धाइरहनु पर्ने बाध्यता हटेको छ ।
लगानीकर्ताहरुले ब्रोकर अफिस धाइराख्नु पर्ने बाध्यता हटाउन तथा स्वदेश तथा विदेशमा छरिएर रहेका सबै नेपालीलाई सहज तरिकाले सेयर कारोबारमा सहभागी गराउन अनलाइन प्रणाली शुरु गरिएको हो । यसअघि चालु आर्थिक वर्षको पहिलो दिनदेखि नै यो प्रणाली शुरु गर्ने भनिएपनि नेप्सेले पूर्ण रुपमा सञ्चालन गर्न सकेको थिएन ।
प्रकाशित मिति: सोमबार, कात्तिक १९, २०७५