काठमाडौं । सुनको भाउ ६ वर्ष यताकै महँगो भएको छ । बिहीबार सुनको भाउ तोलाको ६० हजार ४ सय रुपैयाँ पुगेको छ ।
यो २०६९ साल भदौ पछिकै सबैभन्दा महँगो हो । त्यतिबेला सुन प्रतितोला ६३ हजार ३ सय रुपैयाँसम्म पुगेको थियो । गएको एक महिनामा सुनको भाउ चार हजार रुपैयाँले बढेको छ ।
गत वैशाख महिनामा ५५ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुनको भाउमा त्यसपछि निकै उतारचढाव आयो । साउन ३० गते तोलामा ५६ हजार रुपैयाँमा कारोबार भएको सुन आज ६० हजार ४ सय रुपैयाँमा पुगेको छ ।
अन्तर्राष्ट्रिय बजारमा सुन महंगिएकाले नेपाली बजार पनि भाउ बढेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।
प्रकाशित मिति: बुधबार, कात्तिक ७, २०७५