प्रतिक पौडेल । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका स्थित बेलहियाको एक पेट्रोलपम्पमा पानि मिसाइएको पेट्रोल फेला परेको छ ।
मंगलबार बेलुका करिब ६ बजे तिर एक ब्यक्ती पेट्रोल हाल्न नवजिवन आयलस्टोरमा पुगि पेट्रोल हालेर केही पर पुग्दा मोटरबाइकको इन्जिन सिज भएपछी घटना खुल्न आएको हो ।
मोटरबाइकको इन्जिन सिज भएर बन्द भए पस्चात जिल्ला प्रसासन कार्यालय रुपन्देहीमा जानकारी आए पछि प्रसासनले नेपाल नापतौल तथा गुणस्तर क्षेत्रिय कार्यालय बुटवल, बाणिज्य कार्यालय, नेपाल आयल निगम, इलाका प्रहरी कार्यालय बेलहिया र स्थानिय निकाय जनप्रतिनिधीले आयलस्टोरमा अनुगमन गर्दा पेट्रोलमा संकास्पद बस्तु भेटिएपछी पम्प सिलबन्दी गरिएको छ ।
जिल्ला प्रसासन कार्यालय रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेका अनुसार पेट्रोलको नमुना सिलबन्दी गरि नेपाल गुणस्तर तथा नापतौल क्षेत्रिय कार्यालय बुटवल परिक्षणको लागी पठाइएको र प्रतिवेदन आए पछी कारवाही प्रकृया अघि बढाइने जनाईएको छ ।गलतकामलाई निरुत्साहित गर्ने बताउदै पाण्डेले कसुर ठहरिएमा प्रचलित कानुन अनुसार कारवाही प्रकृया अघि बढाउने बताएका छन् ।
रुपन्देहीमा पछिल्लो समय धेरै पेट्रोलपम्प हरुले अनियमितता गरेको फेला परेको छ । यस अघी भदौ २७ गते ओमसतिया र रोहिणी गाउँपालिकामा पर्ने हुलाकी राजमार्गका तीनवटा पेट्रोल पम्पमा सिलबन्दी गरिएको थियो । सीमाक्षेत्रमा पेट्रोलियम पदार्थको अपचलनबाट नेपाली सवारीसाधनलाई डिजल र पेट्रोल अभाव भएपछि संयुक्त बजार अनुगमन टोली रुपन्देहीले छड्के अनुगमन गरी ओमसतिया गाउँपालिका पर्ने सुरज आयल डिस्ट्रिब्युटर्स, रोहिणी गाउँपालिकामा पर्ने जय माँ दुर्गे आयल स्टोर्स धकधई र न्यू एभरेस्ट आयल सप्लायर्समा सिलबन्दी गरेको थियो ।
यसरी दिन प्रति दिन सिमा छेत्रमा आयलस्टोरहरुले अनियमितता गर्न थाले पछी अबका दिनहरुमा अनुगमनलाई प्रभावकारिताका साथ अघी बढाइने र अनियमितता गरेको पाइएमा लाइसेन्स खारेज देखी लिएर कडा कारवाही समेत गरिने सहायक प्रजिअ पाण्डेले जानकारी दिए ।
प्रकाशित मिति: मंगलबार, असोज ९, २०७५