काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा फेरि मूल्यवृद्धि गरेको छ ।
सोमबार रातिदेखि लागु हुनेगरि पेट्रोल, डिजेल र मट्टितेलको मूल्यवृद्धि भएको हो । निगमले पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ र डिजेल र मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँ बढाएको छ ।
यससँगै पेट्रोलको बजार मूल्य १ सय १४ रुपैयाँ र डिजेल तथा मट्टितेलको प्रतिलिटर १ सय १ रुपैयाँ पुगेको छ । एलपी ग्यास र हवाइ इन्धनको मूल्य भने बढेको छैन ।
केही दिनयता अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य उल्लेख्य रुपमा बढेको र अमेरिकी डलरको तुलनामा भारतीय मुद्राको अवमूल्यन भएका कारण इण्डियन आयल कर्पोरेशनले १६ सेम्टेम्बरमा मूल्य बढाएर पठाएअनुसार नेपालमा पनि मूल्य बढाएको निगमले जनाएको छ ।
प्रकाशित मिति: सोमबार, असोज १, २०७५