काठमाडौं । नेपाली बजारमा डलरको भाउ अहिलेसम्मकै महँगो भएको छ ।
शुक्रबार १ डलरको नेपाली बजार भाउ १ सय १३ रुपैयाँ ४९ पैसा पुगेको छ । शुक्रबार अमेरिकी डलरको खरिद दर १ सय १२ रुपैयाँ ८९ पैसा रहेको छ भने विक्रिदर १ सय १३ रुपैयाँ ४९ पैसा पुगेको छ ।
यसअघि बिहीबार १ डलरको नेपाली बजारभाउ १ सय १३ रुपैयाँ २५ पैसा पुगेको थियो । नेपालमा गएको साउन २९ गते डलरको भाउ १ सय १२ रुपैयाँ २९ पैसा पुगेको थियो, त्यसपछि डलर झनै महँगो बनेको हो ।
अन्तर्राष्ट्रिय बजारमा डलरको माग बढेको र डलरको तुलनामा भारतीय मुद्रा निकै कमजोर भएकाले नेपाली बजारमा पनि डलरको भाउ बढेको बताइएको छ ।
प्रकाशित मिति: बिहीबार, भदौ १४, २०७५