जुम्ला । जुम्लामा यसबर्ष स्याउको राम्रो उत्पादन र बिक्री भएको छ । चालू आर्थिक वर्ष २०७५/७६ मा जुम्लामा २४ करोड बराबरको स्याउ उत्पादन भएको अनुमान गरिएको छ ।
स्याउ रोपिएको क्षेत्र, उत्पादन परिमाण र बजार मूल्यको अनुमानबाट सो परिमाणमा स्याउ उत्पादन भएको अनुमान गरिएको हो ।
यस वर्ष जुम्लामा ६ हजार मेट्रिक टनसम्म स्याउ उत्पादन भएकोे जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । कार्यालयका अनुसार करिब ३ हजार ४०० हेक्टर जमिनमा लगाइएको स्याउ प्रतिकिलो रु ४० मा बिक्री भएको हो ।
बजारमा स्याउको माग बढेको र व्यापारीहरु पनि स्याउ किन्न बारीमै पुग्ने भएकाले बजारीकरण अझ सहज भएको स्थानीय किसानहरु बताउँछन् ।
प्रकाशित मिति: आइतबार, भदौ १०, २०७५