काठमाडौं । नेपाल ग्यास उद्योगले नयाँप्रविधिको कम्पोजिट सिलिण्डर बजारमा ल्याएको छ ।
उद्योग, वाणिज्य तथा आपुर्ती मन्त्री मात्रिका प्रसाद यादवले उक्त सिलिण्डरको विक्री प्रवद्र्धन गरेका छन् । नयाँ कम्पोजिट सिलिण्डर पूर्ण–सुरक्षित र विस्फोटन नहुने विशेषताले भरिएको कम्पनीले जनाएको छ ।
यस सिलिण्डरलाई आगोले विष्फोट गर्न नसक्ने भएकाले उपभोक्ताहरुले आफु पूर्ण सुरक्षित भएको विश्वास गर्न सक्ने बताइएको छ । हरेक कम्पोजिट सिलिण्डरलाई प्रयोगशालामा परीक्षण गरिएको हुन्छ । यो सिलिण्डर पारदर्शी भएकोले उपभोक्ताहरुले सिलिण्डरमा ग्यासको लेभल सजिलै जाच्न सक्दछन् ।
अल्ट्राभ्वाइलेट किरणबाट सुरक्षित र इकोफ्रेण्डली मानिएको कम्पोजिट सिलिण्डर सबै मौसममा उपयुक्त मानिएको छ । यस सिलिण्डर फाइबरले बनेको हुनाले बोक्दा हलुका हुनेछ । यसमा ग्यास चुहावट पत्ता लगाउने, भल्भ निभाउने र सुरक्षित राख्ने प्रविधि जडित छ ।
नेपाल ग्यासले हाल विक्री वितरणका लागि कम्पोजिट सिलिण्डर १४.२ के.जी र ५ के.जीमा उपलब्ध गराएको छ ।
प्रकाशित मिति: आइतबार, भदौ ३, २०७५