काठमाडौं । बिहिबार सुन र चाँदीको मूलय घटेको छ । सुन प्रतितोला ४०० रुपैयाँले घटेको छ भने चाँदी प्रतितोला १५ रुपैयाँले घटेको छ ।
आज सुन प्रतितोला ५५ हजार ६०० रुपैयाँको कारोबार भइरहेको छ । यसअघि सुनको मूल्य ५६ हजार रुपैयाँ रहेको थियो । तेजावी सुन भने ५५ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।
यस्तै, चाँदी प्रतितोला ७ सय १५ रुपैयाँमा कारोबार भइरहेको सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।
प्रकाशित मिति: बुधबार, साउन ३०, २०७५