विराटनगर । लामो समयदेखि बन्द रहेको विराटनगर जुट मिल पुनः सञ्चालन हुने भएको छ । मिल सञ्चालक समितिले बिहीबारदेखि सञ्चालन हुने गरी तयारी गरेको जनाएको छ ।
समितिका अध्यक्ष वसन्त वनका अनुसार मिलको मेशिनरी मर्मत र विद्युत जडानको कार्य भइरहेको र तत्काल परीक्षणका लागि मिल सञ्चालन गरिने छ । उनका अनुसार पूर्ण रुपमा सञ्चालनमा आएपछि दैनिक २० टनका दरले जुट सामग्रीको उत्पादन गर्न सकिने छ । एक महिनाभित्र नैं पूर्ण रुपमा मिल सञ्चालनमा ल्याउने उनको भनाइ छ । मिल पूर्ण रुपमा सञ्चालनमा आएमा ३ सय मजदुरले रोजगारी पाउने छन् ।
१९९३ सालमा स्थापित यो जुट मिल नेपालको पहिलो उद्योगका रुपमा रहेको छ ।
गत फागुन महिनामा ११ केभीए विद्युत लाइन काटिएपछि मिल बन्द हुन पुगेको थियो ।
प्रकाशित मिति: मंगलबार, साउन १, २०७५