१२ फागुन, काठमाडौँ । वैदेशिक रोजगारीका नाममा ठगी गरेको आरोपमा वैदेशिक रोजगार व्यवसायी संघका पूर्व अध्यक्ष प्रेम कट्वाल पक्राउ परेका छन् । प्रहरीको अपराध महाशाखाले कट्वाललाई पक्राउ गरेको हो । व्लु स्काई म्यानपावर कम्पनीका सञ्चालक समेत रहेका कट्वालले करोडौं ठगी गरेको उजुरी परेपछि प्रहरीले पक्राउ गरेको हो । ठगीमा संलग्न तीन जना पक्राउ परेपछि कट्वाल पनि तानिएका हुन् । यस विषयमा थप अनुसन्धान भैरहेको अपराध महाशाखाले जनाएको छ ।
प्रकाशित मिति: बुधबार, फागुन ११, २०७३