नेपाल बैंक लिमिटेडले एफपीओ खुला गरेको छ । शुक्रबारदेखि लागु हुने गरि एफपीओ खुला गरिएको हो ।
बैंकले प्रकाशित गरेको सूचना अनुसार प्रति शेयर रु १०० अंकित दरमा प्रिमियम वापत रु १८० थप गरि प्रति शेयर रु २८० का दरले १ करोड ७६ लाख ८४ हजार ८ सय ५८ कित्ता साधारण शेयर निष्काशन तथा बिक्री खुला गरिएको जनाइएको छ ।
एफपीओ खुला गरिएको पहिलो दिनदेखि नैं संगठित संस्थाले आवेदन दिन सक्ने बैंकले जनाएको छ । साथै स्वीकृत विवरणपत्र मार्फत निष्काशन गरिने साधारण शेयरको लागि न्यूनतम ५० कित्ता तथा १० ले भाग जाने गरि विद्यमान कानूनी व्यवस्थाको सीमाभित्र रहने गरि अधिकतम निष्काशन गरिने सम्पूर्ण कित्ताका लागि आवेदन गर्न सकिने समेत बैंकद्वारा जारी सूचनामा उल्लेख गरिएको छ ।
प्रकाशित मिति: बिहीबार, असार १४, २०७५