–राजन रौनियार
११ फागुन, पर्सा । व्यापारीसँग प्रतिस्पर्धा गर्न नसक्दा नेपाल खाद्य संस्थानको वीरगन्ज शाखा धान खरिद गर्ने लक्ष्यमा असफल देखिएको छ । संस्थानले चालु आवमा ३५ हजार क्विन्टल धान खरिद गर्ने लक्ष्य लिए पनि निजी क्षेत्रसँग प्रतिस्पर्धा गर्न नसक्दा अहिलेसम्म दुई करोड सात लाखको नौ हजार क्विन्टल धान मात्र खरिद गरेको छ । संस्थानले तोकेको मूल्यभन्दा गल्ला व्यापारीले बढी मूल्य दिने भएका कारण यस वर्ष लक्ष्य प्राप्त गर्न नसकेकोे शाखा प्रमुख पवित्र गौतमले जानकारी दिनुभयो ।
संस्थानले सोना मन्सुली धान प्रति क्विन्टल रु दुई हजार ३०० र जिरा मसिनो धान प्रति क्विन्टल रु दुई हजार ८७५ मूल्यमा खरिद गरेको छ । संस्थानले खरिद गरेको मूल्य बजार मूल्यभन्दा करिब १० प्रतिशत कम भएका कारण उत्पादन गरेको धान संस्थानलाई नभइ व्यपारीलाई बिक्री गरेको किसानहरुले बताएका छन । अहिले व्यापारीले अहिले किसानबाट सोना मन्सुली धान प्रति क्विन्टल रु दुई हजार ५०० तथा जिरा मसिनो धान प्रति क्विन्टल रु तीन हजार एक सयको दरले खरिद गर्दै आएका छन ।
प्रकाशित मिति: मंगलबार, फागुन १०, २०७३