काठमाडौं । धेरैजसो कम्पनीको शेयर भाउ उकालो लागेपछि नेप्से झण्डै १० अंकले बढेको छ । पछिल्ला दिनमा लगातार जसो घटिरहेको शेयर बजार परिसूचक (नेप्से) सोमबार ९ दशमलव ५५ अंकले बढेर १२ सय ४१ दशमलव १९ बिन्दूमा पुगेको हो ।
सोमबार शेयर बजारमा १ सय ७० कम्पनीका ११ लाख ८७ हजार कित्ता शेयर किनबेच भएका छन् । यसबाट ४४ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।
सोमबार सबैभन्दा धेरै उन्नति लघुवित्त वित्तीय संस्था र नेपाल हाइड्रो डेभ्लोपर्स लिमिटेडका लगानीकर्ताले झन्डै १० प्रतिशत कमाएका छन् भने एभरेष्ट बैंकको अग्राधिकार शेयरको मूल्य ९ प्रतिशत घटेको छ । नबिल बैंकको सबै भन्दा बढी झन्डै ४ करोड रुपैयाँको संस्थापक शेयर किनबेच भएको बताइएको छ ।
प्रकाशित मिति: बुधबार, मंसिर १९, २०७५