काठमाडौं : निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनले मुख्य सचिवको तलब मासिक डेढ लाख र कार्यालय सहयोगीको ३० हजार रुपैयाँ हुनुपर्ने माग राखेको छ । अर्थमन्त्री डा. युवराज खतिवडासँगको भेटमा ट्रेड युनियनले तलब वृद्धिको माग गरेको हो । अर्थमन्त्री खतिवडालाई १८ बुँदे ज्ञापनपत्र बुझाउँदै ट्रेड युनियनले कर्मचारीको भारी तलब वृद्धिको माग गरेको हो ।
अहिले कार्यालय सहयोगीको तलब करिब २० हजार र मुख्य सचिवको मासिक ६० हजार रुपैयाँको हाराहारीमा छ । उनीहरुले यसलाई वृद्धि गर्न माग गरेका हुन् । उनीहरुले पोशाक भत्ता पोशाक भत्ता १५ हजार रुपैयाँ पु¥याउन पनि माग गरेको छ । अहिले पोशाक भत्ता ७ हजार रुपैया रहेको छ । साथै युनियनले वर्षको अन्त्यमा १५ दिन आन्तरिक पर्यटन काजको व्यवस्था मिलाउन पनि माग गरेको जनाइएको छ ।
प्रकाशित मिति: बुधबार, जेठ ९, २०७५