काठमाडौँ : माई इन्भेष्टमेन्ट कम्पनीका सञ्चालक अनिल गजमेरलाई ठगी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौँको टोलीले सञ्चालक गजमेरलाई आइतबार साँझ पक्राउ गरेको हो ।
गजमेरले विभिन्न व्यक्तिलाई ठगी गरेको उजुरीको आधारमा पक्राउ गरिएको हो । गजमेरविरुद्ध एक महिलाले ३५ लाख रुपैयाँ ठगी गरेको उजुरी प्रहरीकोमा दिएकी छिन् ।
प्रकाशित मिति: आइतबार, जेठ ६, २०७५