काठमाडौं : सरकारले वाइड स्पेस म्यानपावर तथा हारभेष्ट मुन ट्राभलका सञ्चालक राम श्रेष्ठलाई पक्राउ गरेको छ । मलेसिया जाने कामदारमाथि भीएलएन र वानस्टप सेन्टरका नाममा अतिरिक्त आर्थिक भार थपेर अवैध धन्दा चलाइरहेका कारण उनलाई पक्राउ गरिएको जनाइएको छ । भीएलएको कार्यालयमा छापा हानेर प्रहरीले पक्राउ गरेको हो । कार्यालयबाट ल्यापटप र कागजात पनि बरामद गरिएको छ ।
सरकारबाट अनुमति नै नलिई मलेसियन सरकारका अधिकारीसँग मिलेमतो गरी मलेसिया जाने कामदारबाट भीएलएनको नाममा ३२ सय र वानस्टप सेन्टरको नाममा करबाहेक २८ सय रुपैयाँ अशुल्ने काममा उनको श्रेष्ठको भूमिका भएको आरोप छ ।
प्रकाशित मिति: शनिबार, जेठ ५, २०७५