काठमाडौं । मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षण रोकिएको छ । श्रम तथा रोजगार मन्त्री गोकर्ण बिष्टले सरकारीसहित सबै स्वास्थ्य संस्थामा स्वास्थ्य परीक्षण गराउन पाउने व्यवस्था गर्ने निर्णय गरेपछि व्यवसायीले माइग्राम्स र बायोमेट्रिक स्वास्थ्य परीक्षण बन्द गरएका हुन् ।
माइग्राम्स र बायोमेट्रिक बन्द भएसँगै नयाँ कामदारले स्वास्थ्य परीक्षण गर्नै नपाउने भएका छन् । केही समयका लागि मलेसिया जाने क्रम पनि रोकिएको छ । मन्त्री गोकर्ण बिष्टले मलेसिया जाने कामदारमाथि अवैधानिक रुपमा लादिएका सबै सिन्डिकेट खारेजीको घोषणा गरेपछि स्वास्थ्य संस्थाले सरकारलाई दबावमा पार्ने गरी परीक्षण रोकेका हुन् ।
प्रकाशित मिति: बिहीबार, जेठ ३, २०७५