काठमाडाैँ । नेपाल बायु सेवा निगमको वाइडबडी जहाज खरिद प्रकरणमा भएको अनियमितता अहिले चर्चामा रहेको छ । यसबारे थुप्रै समाचार बाहीर आएका छन् । आयरल्यान्डबाट वाइडवडी जहाज ल्याउने सम्झौता समेत भइसकेको छ । बोलपत्र आह्वान देखि यो सम्झौता हुदाँ सम्म अनियिमिता र भ्रस्टाचारका अनेकौं श्रृंखला देखिए । त्यसो त कुनै समय अन्तराष्ट्रिय क्षेत्रमा समेत साख बोकेको नेपाल बायुसेवा निगम विगत केही दशक देखि नै अनियमितता र भ्रस्चाटारको केन्द्र बनेको छ । संसारका हरेक एयरलाइन्स कम्पनी नाफमा गए पनि नेपालको सरकारी कम्पनी भने प्रत्येक दिन घाटामा गइरहेको छ ।
अनियमितताको लामो श्रृंखलामा अहिले भने वाइडवडी जहाज खरिद प्रकरण चर्चामा आएको हो । पारबाहन क्षेत्रका जानीफकारहरुका अनुसार यो विमान खरिद सम्झौता एकातर्फ सार्वजनिक ऐन विपरित भएको छ भने अर्को तर्फ बोलपत्रमा भए भन्दा सम्झौता पत्रमा फरक ‘वेट अफ टेक’ रहेको छ । नेपाल वायुसेवा निगमको अनियमितता यत्तिमा मात्र सिमित रहेको छैन । यो विमान खरिदको बोलपत्रदाता एउटा कम्पनी रहेको छ भने अर्कोसंग ‘एमओयु सम्झौता’ र अर्कोसंग खरिद सम्झौता भएको छ ।
सार्वजनिक खरिद ऐन २०६३ को दफा ९ ले खुल्ला रुपमा वोलपत्र आहवान गरी खरीद गर्नु पर्ने कुरा भनेको छ । यसको दफा १० को उपदफा (३) मा “उपदफा कुनै खास वर्गका निर्माण व्यावसायी, आपुर्तिकर्ता, परामर्शदाता, वा सेवाप्रदायकले मात्र भाग लीन पाउने वा कुनै खास वर्गका निर्माण व्यावसायी, आपुर्तिकर्ता, परामर्शदाता, वा सेवाप्रदायकले भाग लीन नपाउने व्यवस्था गर्न नसकिने कुरा उल्लेख छ ।
संसारमा धेरै विमान उत्पादक कम्पनी भए पनि बोलपत्र आहन गर्दा नै Airbus 330-200 भनेर आह्वान गनुलाई अर्थपूर्ण मानीएको छ । प्रस्ताबमा विमानको टेक अफ वेट २,४२,००० केजी रहेको थियो । तर, विमान खरिद सम्झौता गर्दा अनियमितता अपनाउदै २,३०,००० केजी रहेको छ । यसका बारेमा समेत नेपाल बायु सेवा निगमको कुनै धारण बाहीर आएको छैन ।
यो विमानको बोलपत्र एएआर कर्प, अमेरिकाले पेश गरेको हो भने खरिद सम्झौता एमओयु गरिसके पछि खडा गरिएको आयरल्यान्डको हिफ्ली आयरल्यान्ड लिमिटेड सग गरिएको छ । अझ यसको एमओयु गर्दा बोलपत्र पेश गर्ने कम्पनी एएआर इन्टरनेसनल आइएनसी, अमेरिकाले गठबन्धनको प्रतिनिधी मात्रको रुपमा सही गरेको जनाइएको छ । गठबन्धनमा जर्मन एभीएसन क्यापीटल, जिएमविएच र पार्चेुगलको हाइफ्लाइ ट्रान्सपोर्टी एरोइज एसए थिए । खरिद सम्झौता भएको कम्पनी भने आयरल्यान्डमा भर्खर स्थापना भएको हो ।
अनियमित ढंगले मुल्य अभिबृद्धी भएको छ भने अन्य बायुसेवा कम्पनीका लागि तयार गरिएको विमान नेपाल भित्र्याउने तयारी गरिएको हो । नेपालले भीत्रा्याउन लागेको विमान हाइफाइ ट्रान्सपोर्ट एरोस एसएले तयार गर्न भनेको विमान हो । ब्यबस्था गर्ने सवालमा समेत वायुसेवा निगम चुकेको छ । वाइडवडी विमानका लागि ७ सेट चालक दल चाहीए पनि एक सेट विमान विक्रेताले उपलब्ध गराउने भएको छ । विक्रेताले उपलब्ध गराएको चालक दलमा पाइलटको तलब मासिक ४६ लाख भन्दा बढी पर्ने देखिन्छ ।
वायुसेवा निगमको यसै हुचुवा कदमको कारण कर्मचारी सञ्चयकोष समेत जोखीममा परेको छ । सबै कुराको सरकारले जमानी बसेको भरमा कुनै कुरा विस्तृत अध्ययन नगरी कन सेयर लगानी गरेको सञ्चयकोष समेत समस्यामा पर्ने प्रस्ट भएको छ ।
( वाइडवडी जहाज खरिद सम्झौता सम्बन्धी अनियमितताको यो पहिलो श्रृंखला हो । यसलाई श्रृंखलाबद्ध रुपले प्रश्तुत गरिने छ । )
प्रकाशित मिति: मंगलबार, जेठ १, २०७५