चितवन । चितवनको भरतपुरस्थित भाटभटेनी सुपर मार्केटमा बम विस्फोट भएको छ ।
आज विहान ३ः४५ बजे मोटरसाईकलमा आएका दुई जनाले ग्रीनेड बम विस्फोट गराएको चितवनका प्रहरी प्रमुख दीपक थापाले जानकारी दिए ।
उनले बम विस्फोट गराउनेको पहिचान भईसकेको र खोजी कार्य तिव्र पारिएको बताए ।
“सिसि टिभीको फुटेजबाट मोटरसाईकलमा आएका दुई मध्ये एक जनाको पहिचान भईसकेको छ, विप्लवका कार्यकर्ता नै हुन्, खोजी भईरहेको छ,”एसपी थापाले भने।
ग्रीनेड बमले भाटभटेनीको पूर्व पट्टि क्षति भएको छ ।
प्रकाशित मिति: शनिबार, वैशाख २९, २०७५