काठमाडौं । यातायात व्यवस्था विभागले गत चैतमा ल्याएको यातायात व्यवस्थापन कार्यविधि निर्देशिका खारेज हुनुपर्ने माग राख्दै आन्दोलनको घोषणा गरेको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ दुई धारमा विभाजित भएको छ ।
वाम गठबन्धन निकट यातायात व्यवसायी संघ अान्दोलनमा नजाने भएको हो । गठबन्धन निकटका व्यवसायीहरूले बुधबार छुट्टै कार्यक्रम गरी वार्ताका लागि सरकारसँग याचना गरेको छ ।
विभागले ल्याएको संशोधित निर्देशिका खारेज नभएसम्म वार्ता नै नगर्ने घोषणा महासंघले गरेको थियो । तर, महासंघको निर्णयबाट पछि हट्दै सत्तासिन दलसम्बद्ध एमाले निकट नेपाल लोकतान्त्रिक यातायात व्यवसायी संगठन र माअोवादी निकट गणतान्त्रिक यातायात व्यवसायी संघले तत्काल वार्ता गर्न आग्रह गरेको हो ।
प्रकाशित मिति: बुधबार, वैशाख १९, २०७५