रत्ननगर । रत्ननगर नगरपालिकाले राजश्व संकलन अभियानलाई तीब्रता दिएको छ । राजश्व संकलन अभियान अन्तर्गत जनप्रतिनिधि तथा कर्मचारीहरु व्यवसायीको घरघरमै पुगेर नगरपालिकामा व्यवसाय दर्ता गर्न र समयमै कर तिर्न आग्रह गरेका छन ।
मेयर नारायण वन,उपमेयर विमला दुवाडी,प्रबक्ता सरस्वती लामा सहित वडा अध्यक्ष तथा नगरपालिकाका कर्मचारीहरु टाँडी बजारका पसल र उद्योगमै पुगेर व्यवसाय दर्ता गरी नगरपालिकालाई कर तिर्न आग्रह गरेको कर शाखा प्रमुख डिम्मेश्वरी पौडेलले जानकारी दिईन । नगरभित्रका व्यवसायीलाई करको दायरामा आउन,वाँकी बक्यौदा तिर्न र कर तिर्ने कामलाई निरन्तरता दिन आग्रह गर्न घरदैलो अभियान सुरु गरिएको हो ।
व्यवसायीलाई करको दायरामा ल्याएर नगरपालिकाप्रति उनीहरुलाई जिम्मेवार बनाउन राजश्व संकलन अभियान सुरु गरिएको मेयर वनले बताए । हामी रत्ननगरलाई विकास र सुसासनको हिसावले समृद्ध बनाउने अभियानमा छौं उनले भने हाम्रो अभियानमा समयमै राजश्व तिरेर सहयोग गर्न व्यवसायीलाई आग्रह गरेका हौं ।
उपमेयर विमला दुवाडीले आफ्नो व्यवसाय नगरपालिकामा दर्ता गरेर करको दायरामा आउन आग्रह गरिन । उनले नगरबासीले तिरेको करबाटै विकास निर्माणको काम गरेर नगरलाई संमृद्ध बजाउने योजना रहेको बताईन ।
उपमेयर दुवाडीले वजार क्षेत्रमा घरदैलो सकिएपछि वडा स्तरमा घरदैलो गरिने बताईन । घरदैलोमा वडा नं.१ का वडा अध्यक्ष शंकरसिं लामा,वडा नं.७ का वडा अध्यक्ष राजन भट्ट,वडा नं.८ का विनोद बस्नेत,वडा नंंं.११ का वडा अध्यक्ष शशीभक्त न्यौपाने,वडा नं.१३ का चित्रबहादुर भण्डारी,वडा नंं.१६ का वडा अध्यक्ष हेमराज थापा,कार्यपालिका सदस्य मीना गिरी,राजेन्द्र हमाल लगायतको सहभागिता रहेको थियो ।
प्रकाशित मिति: सोमबार, वैशाख ३, २०७५