नवलपुर । नवलपुरको चौधरी औद्योगिक ग्रामदेखि चितवनको खैरहनीसम्म बृहत औद्योगिक र्याली निकालीएको छ । चितवन उद्योग संघको आयोजनामा यही चैत २३ देखि शुरु हुन लागेको राष्ट्रिय औद्योगिक प्रदर्शनीको अबसरमा र्याली निकालीएको उद्योग संघ चितवनले जनाएको छ ।
विहान कार्यालय परिसरवाट निकालीएको र्याली नवलपुरको चौधरी औद्योगिक ग्राममा पुगी औपचारीक कार्यक्रम गरीएका प्रदर्शनीको प्रचार समितिका संयोजक मदन घिमिरेले जानकारी दिए । सो क्रममा बोल्दै चितवन उद्योग संघका अध्यक्ष भेषराज दवाडीले यसबर्षको प्रर्र्दशनीमा ९९ प्रतिशत उत्पादनशिल बस्तुको प्रर्दशनी गरीने जानकारी दिएका थिए । कार्यक्रमा बोल्दै गैंडाकोट उद्योग बाणिज्य संघका अध्यक्ष अमृत भट्टचनले आर्थीक सम्वृद्धिका लागी प्रदर्शनी आवश्यक रहेको औलाए ।
सो कार्यक्रममा प्रमुख अतिथि रहेका उद्योग संघका पुर्व केन्द्रिय अध्यक्ष तारा प्रकास पौडेलले व्यानर निकालेर र्यालीको औपचारीक उद्घाटन गरेका थिए । प्रदर्शनी पुर्व निकालीएको र्यालीले आम जनमानसमा सकरात्मक सन्देश प्रवाह गर्ने उनको भनाई थियो । कार्यक्रम प्रस्चार्य र्याली पुनः सोही रुट हुदै चितवनको खैरहनीमा आई समापन गरीएको थियो । सो र्यालीमा आफ्नो बस्तु तथा सेवाको प्रचारप्रसार गर्न विभिन्न व्यापारीक उद्योगहरुले सहभागीता जनाएका थिए ।
कार्यक्रको समान पुर्व बोल्दै पुर्व सभाषद लालमणि चैधरीले चितवनको आर्थीक सम्वृद्धिमा यस्ता खालका प्रदर्शनी आवश्यक रहेको औंलाएका थिए । चैत २३ देखि प्रदर्शनी मैदानमा हुने औद्योगिक प्रदर्शनीको तयारी भने अन्तिम चरणमा पुगेको छ ।
प्रकाशित मिति: मंगलबार, चैत २०, २०७४