चितवन । प्रदेश नम्वर ३ का कृषी तथा सहकारी मन्त्री दावा दोर्जे लामाले सहकारीले उत्पादनमूलक क्षेत्रमा लगानी गर्नुपर्ने बताएका छन् । ६१ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा भरतपुरमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री लामाले कृषी र सहकारीको माध्यमबाट जनतालाई धनी बनाउने अभियानमा लागेको बताए ।
उनले चितवनबाट सहकारीको सुरुवात भएको भन्दै सहकारीलाई व्यवस्थित बनाउने अभियान पनि चितवनबाटै सुरु गरिने जानकारी दिए । सहकारी क्षेत्रको प्रवद्र्धन विना मुलुकको विकास असम्भव रहेको उनको भनाई छ ।
नेपालको संविधानलेनै सहकारीलाई तीन खम्बे अर्थनीतिका रुपमा लिइसकेको बताउँदै मन्त्री लामाले सही रुपमा प्रवद्र्धन गर्न जरुरी रहेको जिकिर गरे । उनले सहकारी क्षेत्रमा रहेका समस्यालाई प्रदेश सरकारले सम्बोधन गर्ने उल्लेख गरे । सरकारले सबै क्षेत्रका विज्ञको सुझाब र सल्लाह संकलन गरिरहेको भन्दै सबैलाई न्याय हुने खालको ऐन निर्माण गरिने मन्त्री लामाले बताए । ‘सहकारी क्षेत्रलाई मर्यादित र व्यवस्थित गराउन प्रदेश सरकारले ऐन निर्माण गर्देछ,’ उनले भने, ‘यसले धेरै समस्या हल गर्नेछ ।’
त्यस्तै, मन्त्री लामाले सहकारी क्षेत्रमा देखिएका समस्या समाधान गर्न आफू र आफ्नो मन्त्रालय सदैव तयार रहेको बताउंदै सहकारी क्षेत्रको प्रवद्र्धनका निम्ति मन्त्रालय पूर्ण प्रतिवद्ध रहेको उल्लेख गरे । उनले पाँच बर्षमा सहकारीको माध्यामबाट कृषी क्षेत्रमा उथलपुथल हुने समेत दावी गरे । उनले भष्ट्रचार मुक्त र सुशासन युक्त समाज निर्माणका लागी सबैको सहयोग आवश्यक रहेको बताए ।
प्रकाशित मिति: सोमबार, चैत १९, २०७४