काठमाडौँ । अर्थमन्त्री डा युवराज खतिवडाले देशको अर्थतन्त्र समस्याग्रस्त रहेको बताएका छन्।
संघीय संसदमा सरकारको श्वेतपत्र जारी गर्दै अर्थमन्त्री डा खतिवडाले
पूँजी परिचालन उचित रूपमा हुन नसकेको बताए।
ठूला आयोजना निर्धारित समय र लागतमा निर्माण पूरा हुन नससेको भन्दै अगाडि भने, उत्पादनमुखी भन्दा वितरणमुखी कार्यक्रम बढी देखिएका छन् ।
सरकारले सन् २०२२ सम्म मुलुकलाई विकासशील राष्ट्रमा पुर्याउने लक्ष्य राखेको उल्लेख गर्दै उक्त लक्ष्य हासिल गर्न सबै पक्ष लाग्नुपर्ने बताए।
उनले सरकारी लगानीका उद्योग घाटामा भएको भन्दै नेपालको श्रम बजारमा बेरोजगार बढ्दै गएको बताए।
पूँजी बजार धितोपत्रमा मात्र सीमित रहेको उल्लेख गर्दै अर्थमन्त्री खतिवडाले शेयर मूल्य प्रभावित भएको र समग्र अर्थतन्त्र आयातमुखी बनेको बए ।
सार्वजनिक संस्थानमा सरकारले गरेको लगानीको मूल्य नपाएको भन्दै उनले सार्वजनिक संस्थानमा तलबभत्ता र अवकाशको रकम दिन बाँकी रहेको जानकारी गराए ।
अर्थमन्त्री डा खतिवडाले उच्च आर्थिक वृद्धिका लागि लगानी र त्यसको उत्पादकत्व वृद्धि गर्न स्वदेशी तथा विदेशी पूँजी परिचालनका लागि अनुकूल नीतिगत तथा व्यस्थापकीय सुधारका कार्य सरकारले तत्काल शुरु गर्ने बताए ।
उनले देशको वर्तमान आर्थिक स्थितिको सम्बन्धमा जानकारी दिँदै साधारण खर्चलाई मितव्ययी बनाउन मितव्ययितासम्बन्धी नीति जारी गरी कडाइका साथ पालना गरिने बताए ।
प्रदेश र स्थानीय तहलाई संविधानबमोजिम राजश्व परिचालन गर्न र कार्यक्रम कार्यान्वयन गर्नका लागि सक्षम बनाउन क्षमता विकासमा सहयोग गरिनेछ, उनले भने।
डा खतिवडाले पूँजी परिचालन उचित रुपमा हुन नसकेको जानकारी गराउँदै ठूला आयोजना निर्धारित समय र लागतमा निर्माण हुन नसकेको र उत्पादनमुखीभन्दा वितरणमुखी कार्यक्रम बढी देखिएको बताए।
प्रकाशित मिति: बिहीबार, चैत १५, २०७४