काठमाडौं । काठमाडौं भित्र चक्रपथमा मोनो रेल सञ्चालनका लागि सम्भाव्यता अध्ययन हुने भएको छ । चक्रपथमा मोनोरेल सञ्चालन गर्नका लागि मलेसियाली रेल कम्पनीले चासो देखाइरहेका छन्।
हाल कम्पनीको एक टोली अध्ययनका लागि नेपाल अाएका छन्।
मोनोरेल सञ्चालनबारे छलफल गर्न मलेसियाली कम्पनी पावरट्रेकका अधिकारी नेपाल आएका हुन्।
उनीहरुले नेपाली लगानीकर्तासँग मिलेर ‘काठमाडौँ मोनोरेल प्रालि नामक कम्पनी’ गत माघमै स्थापना गरिसकेका छन् ।
मोनोरेल सञ्चालनबारे छलफल गर्न यति बेला कम्पनीका अध्यक्ष डा.अमिनुद्दिन अदनान, कार्पोरेट डाइरेक्टर हेन्री जुड, निर्देशक सिएस सेल्भाराजाका साथै बेलायती लगानी कम्पनी एन्जल इन्भेस्टमेन्टका मलेसियाली कन्सलट्यान्ट अल्बर्ट पेरियानागाम काठमाडौँमा छन् ।
टोलीले बुधबार राति प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेर परियोजनाबारे जानकारी गराएको छ ।
प्रकाशित मिति: बिहीबार, चैत ८, २०७४