नवलपुर । माझि समुदायले आफ्नो पुर्खोली पेशा मछा मार्ने पेशा संकटमा परेको बताएका छन । सिमसार तथा नदि क्षेत्रमा माछा मारेर जिवीको पार्जन गर्दे आएका नवलपरासी देवचुलि १७ पिप्रहरका ५५ वर्षिय बल बहादुर माझिले ५५ साल देखि गर्दे आएको पुर्खोली पेशा माछा मार्ने पेशा संकटमा परेको प्रति गुनासो गरेका छन ।
पहिलेको भन्दा अहिले माछा मार्नेको संख्या घटेको बताउर्दै बोटेले हाल सरकारले पनि लाइसेन्स प्रणाली अपनाएको हुनाले माछा मार्ने काम हराएको बताए । हुने ले र जान्नेले लाइसेन्स त बनाए तर माछा मार्ने काम भने छोडेको माझिले बताए ।
सरकारले सिमसार तथा नदिमा जथाभावि माछा मार्ने कार्यलाई प्रकृर्यागत रुपमा लए संगै माछै मारेर जिविको पार्जन गर्ने र आफ्नो पुर्खोली पेशा नै ठान्नेहरुको लागि भने यो कार्य हराउदै गएको देखिएइको छ । माझि तथा बोटे समुदायको पेशाकै रुपमा रहेको माछा मार्ने कार्य हाल भने न्युन रुपमा देखिन्छ । कतिले माछै मार्न छाडेर अन्य पेशामा लागे भने कति पयले लाइसेन्सको झन्झटका कारण आफ्नो पुर्खोली पेशा नै छाडेको देखिएको छ ।
प्रकाशित मिति: बुधबार, फागुन २३, २०७४