काठमाडौँ । साझा यातायातले चीनमा निर्मित विद्युतीय बस सञ्चालनको तयारी थालेको छ ।
बस सेवा सञ्चालनका लागि सरकारी निकाय, विभिन्न गैरसरकारी र व्यावसायिक क्षेत्रसँग छलफल थालिएको साझा यातायात सञ्चालक समिति सदस्य तथा वातावरणविद् भुषण तुलाधरले जानकारी दिए ।
उनका अनुसार अहिले चिनियाँ बस निर्माता कम्पनी बीवाईडीबाट दुई वटा विद्युतीय बस तत्काल ल्याएर सञ्चालन गर्नेबारे छलफल भइरहेको छ । त्यसमा चिनियाँ कम्पनी पनि इच्छुक देखिएको उनले जानकारी दिए ।
‘कम्तिमा सन् २०१८ भित्र हामी २ र ४ वटा इलेक्ट्रिक बस ल्याउने योजनामा छौं । तर, लागत महँगो हुने भएकाले लगानी जुटाउन समस्या छ,’ तुलाधरले भने, ‘तर पनि, विभिन्न विकल्पमा छलफल अगाडि बढेको छ । सरकारले तत्परता देखायो भने नेपाल छिट्टै इलेक्ट्रिक बसको युगमा प्रवेश गर्छ ।’
प्रकाशित मिति: शुक्रबार, फागुन ११, २०७४