चितवन । नेपाल अण्डा उत्पादक संघको अध्यक्षमा चितवनका त्रिलोचन कँडेल निर्विरोध निर्वाचित भएका छन् । देशभरि कुखुरापालन गरी अण्डा उत्पादन गर्ने कृषक र बिक्री गर्ने व्यवसायीहरुको छाता संगठन संघको अध्यक्षमा कँडेल निर्वाचित भएका हुन् ।
यसअघिको कार्यसमितिका महासचिब कँडेललाई यहाँ सम्पन्न समितिको १४ अौँ साधारणसभा तथा आठौँ अधिवेशनले अध्यक्षमा चयन गरेको हो । समितिको उपाध्यक्षमा रघुनाथ भट्ट, महासचिवमा नेत्रराज हमाल, सचिवमा मदन चिरञ्जीवी पोख्रेल र कोषाध्यक्षमा सोमनाथ तिमिल्सिना निर्विरोध निर्वाचित भएका छन् ।
यस्तै सदस्यहरुमा प्रवीण केसी, किरण भुषण ओली, इन्द्रलाल श्रेष्ठ, चन्द्रमायाँ क्षेत्री, भरत कार्की, अञ्जनकुमार पौडेल, घुम्मन चौधरी, जनार्दन अधिकारी, माधवप्रसाद अर्याल, सुदर्शन आचार्य र गोकुलनाथ पौडेल निर्वाचित भएका छन् ।
संघमा देशभरका ७०० किसान आबद्ध रहेका छन् ।
प्रकाशित मिति: शनिबार, माघ २७, २०७४