२८ पुस, काठमाडौँ । फरवार्ड कम्युनिटी माइक्रोफाइनान्स वित्तीय संस्थाले शेयरधनीलाई ६५ प्रतिशत बोनस दिने घोषणा गरेको छ । संस्थाको बिहीबार बसेको सञ्चालक समितिको ६१ औं बैठकले ५० प्रतिशत बोनस शेयर र १५ प्रतिशत नगद लाभांश (करसहित) दिने निर्णय गरेको हो । ५० प्रतिशत बोनस शेयर वितरण गरेपछि संस्थाको चुक्ता पुँजी ३० करोड रुपैयाँ पुग्ने छ । फरवार्डले चालु आर्थिक वर्षको पहिलो ३ महिनामा ६ करोड ७८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । नेपाल स्टक एक्सचेञ्जमा फरवार्डको शेयर ३ हजार ५ सय ५ रुपैयाँमा अन्तिम कारोवार भएको थियो ।
प्रकाशित मिति: बिहीबार, पुस २७, २०७४