१३ पुस, काठमाडौँ । कारोबारको अन्तिम दिन बिहीवार पनि शेयर बजार दोहरो अंकले घटेको छ । बिहीबार परिसूचक (नेप्से) १०.७३ अंकले घटेर १४१४.७८ विन्दुमा पुग्यो । ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स बिहीबार २.५१ अंकले घटेर २९७.६२ विन्दुमा पुग्यो । बिहीवार होटेल, ट्रेडिङ र ‘अन्य’ बाहेक सबै समूहको परिसूचक ओरालो लाग्यो । सबैभन्दा बढी बैंकिङ समूहको परिसूचक १६.२६ अंकले घट्यो । यस्तै विकास बैंक समूहको परिसूचक १२.४७ विन्दुले ओरालो लाग्यो । बिहीवार नेप्सेमा १८ लाख ६१ हजार ६५ कित्ता शेयर किनबेच हुँदा ८१ करोड ६९ लाख ९८ हजार ६ सय २४ रुपैयाँको कारोबार भयो । बिहीबार सबैभन्दा बढी स्टाण्डर्ड चाटर्ड बैंकको २२ करोड ८० लाख रुपैयाँ बराबरको शेयर किनबेच भयो ।
प्रकाशित मिति: बुधबार, पुस १२, २०७४