२९ मंसिर, चितवन । बाढीले धानखेत बगाउँदा र रोग लाग्दा यसवर्ष जिल्लामा धान उत्पादनमा कमी आएको छ । जिल्ला कृषि विकास कार्यालयले दिएको जानकारी अनुसार ४।६ प्रतिशतले धान उत्पादनमा कमी आएको हो । यसवर्ष ९७ हजार ५०० मेट्रिक टन धान उत्पादन भएको छ । अघिल्लो वर्ष एक लाख दुई हजार २०० मेट्रिक टन धान उत्पादन भएको थियो । जिल्लामा २९ हजार २०० हेक्टर क्षेत्रलफलमा धानखेती गरिएको थियो । साउनको अन्तिमसाता आएको बाढीका कारण २०० हेक्टर क्षेत्रलफलमा लगाएको धानखेती कटान र डुबानमा परेपछि उत्पादनमा कमी आएको कार्यालयका प्राविधिक नोदनाथ लामिछानेले बताउनुभयो । वर्षातसँगै धानमा देखिएको पहेँलो रोगका कारण उत्पादनमा कमी आएको उहाँले बताउनुभयो । तीन दशमलब ६ मेट्रिक टन प्रतिहेक्टर धान उत्पादन गर्ने लक्ष्य राखिएको भए पनि ३।३६ प्रतिशत मात्र धान उत्पादन भएको लामिछानेले बताउनुभयो । डुबान र कटानले क्षेत्रफल घटाएको थियो भने रोगले उत्पादकत्वमा कमी ल्याएको थियो ।
प्रकाशित मिति: बिहीबार, मंसिर २८, २०७४