२९ कात्तिक, काठमाडौँ । ललितपुरको पाटन औद्योगिक क्षेत्रमा लागेको आगो १७ घण्टापछि नियन्त्रणमा आएको छ । आगलागीबाट दुई उद्योग जलेर पूर्ण रुपमा नष्ट भएको छ । एउटा उद्योगमा आंशिक क्षति भएको घटनास्थलमा खटिएका प्रहरी निरीक्षक द्वारिका घिमिरेले बताए । आगलागी भएको ठाउँ र आगो के मा लागेको भन्ने कुरा थाहा पाउन नसक्दा निभाउन ढिलाई भएको उनले बताए । प्लाष्टिकमा लागेको आगो र त्यसमा भएको केमिकलका कारण आगो निभाउन समस्या भएको प्रहरीले जनाएको छ । आगो निभाउन काठमाडौं, भक्तपुर र ललितपुर तीनै जिल्लाका दमकल खटाइएको थियो । मंगलबार बेलुका ६ बजेतिर लागेको आगोले करौडौको क्षति गरेको छ । आगो निभाउन १० भन्दा बढी दमकलको प्रयोग भएको थियो ।
प्रकाशित मिति: मंगलबार, कात्तिक २८, २०७४