१३ कात्तिक, काठमाडौँ । आपूर्ति मन्त्रालयले नेपाल आयाल निगमका कार्यकारी निर्देशक गोपाल खड्कालाई अन्ततः मन्त्रालयमै तानेको छ । खड्कालाई आजैबाट मन्त्रालयमा हाजिर हुनेगरी तानिएको बताइएको छ । अनियमितता लगायत विभिन्न काण्डमा मुछिएका खड्कालाई असोज २ गते बसेको मन्त्रीपरिषद्ले बर्खास्त गर्ने निर्णय गरेको थियो । त्यसका विरुद्ध सर्वोच्च गएका खड्काले मुद्धा जित्दै पुन निगममै फर्किएका थिए । बर्खास्तको मुद्धा जितेका खड्कालाई त्यसपछि मन्त्रालय तान्ने निर्णय भएको थियो । तर, केही समयदेखी मन्त्रालय तान्न आलटाल भईरहेको थियो ।
प्रकाशित मिति: आइतबार, कात्तिक १२, २०७४