७ कात्तिक, काठमाडौँ । शेयर बजार परिसुचक नेप्से मंगलबार सामान्य घटेको छ । सोमबार साढे ३ अंकले घटेको शेयरबजार मंगलबार शुन्य दशमलव ६ अंकले घटेर १५ सय ६७ दशमलव ६४ अंकमा पुगेको हो । बीमा, उत्पादन र अन्य बाहेकका सवै समूह घटेको दिन मंगलबार सबैभन्दा धेरै जलविद्युत समूह १९ अंकले घटेको छ । बैकिङ समूह ९ अंकले आरोलो लागेको दिन अन्य समूह झण्डै ४२ र बीमा समूह झण्डै २० अंकले बढेको छ । मंगलबार मल्टिपर्पस फाइनान्स कम्पनीका शेयर लगानीकर्ताले झण्डै १० प्रतिशत कमाएका छन् । नेप्से घटेपनि मंगलबार कारोबार रकम भने सोमबारभन्दा झण्डै ७ करोडले बढेको छ । झण्डै ४७ करोड रुपैयाँ कारबोबार भएको दिन मंगलबार नेपाल टेलिकमको शेयर ९ करोड १३ लाख रुपैयाँको कारोबार भएको नेपाल स्टक एक्स्चेञ्जले जनाएको छ ।
प्रकाशित मिति: सोमबार, कात्तिक ६, २०७४