२७ असोज, काठमाडौं । मन्त्रिपरिषद् बैठकले काठमाडौं–निजगढ द्रुतमार्ग निर्माणका लागि भारतीय कम्पनीले तयार गरेको विस्तृत प्रतिवेदन अध्ययन (डीपीआर) किन्ने भएको छ । भारतीय कम्पनी इन्फ्रास्ट्रक्चर लिजिङ एण्ड फाइनान्सियल सर्भिसेस (आईएल एण्ड एफएस)ले डीपीआर बनाएको थियो । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले डीपीआर अध्ययन गरी मूल्यंकान सिफारिस गर्ने जिम्मा निर्देशक समितिलाई दिएको छ ।
प्रकाशित मिति: बिहीबार, असोज २६, २०७४