२३ असोज, काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज नेप्सेको महाप्रबन्धकमा चन्द्रसिंह साउदलाई नियुक्त भएका छन । सोमबार बिहान बसेको मन्त्रीपरिषद बैठकले साउदलाई नियुक्त गरेको हो । छनोट समितिले सिफारिस गरेका तीन जना मध्येबाट साउदलाई चार वर्षका लागि नेप्सेको महाप्रबन्धकमा नियुक्त गरिएको हो । तीन महिनाअघि सीताराम थपलियाको कार्यकाल सकिए पछि नेप्से नेतृत्व विहिन थियो । अर्थ मन्त्रालयले गठन गरेको महाप्रबन्धक छनोट समितिले साउदसहित ज्योति विकास बैंकका डेपुटी सिइओ मनोज ज्ञवाली र प्राध्यापक प्रमोद शर्माको नाम सिफारिस गरेको थियो । महाप्रबन्धकका लागि १३ जनाले छनोट समिति समक्ष आवेदन दिएको भए पनि समितिले नियुक्तिका लागि तीन जनाको नाम मन्त्रीपरिषदमा पठाएको थियो । साउद नेपाल इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत भइसकेका व्यक्ति हुन ।
प्रकाशित मिति: आइतबार, असोज २२, २०७४