काठमाडौँ । भुटानी शरणार्थी प्रकरणमा नाम मुछिएका प्रहरीसमक्ष आत्मसमर्पण गरेका पूर्व सांसद आङटावा शेर्पाको टाउकोमा चोट लागेको छ।
उनको टाउकोमा चोट लागेपछि प्रहरीले मङ्गलवार बिहान ४ बजे शेर्पालाई ट्रमा सेन्टर लगेको छ । ट्रमा सेन्टरमा उपचारपछि शेर्पालाई हिरासतमा राखिएको प्रहरीले जनाएको छ । शेर्पाको टाउकोमा घाउ लागेका कारण टाँका लगाइएको छ।
शेर्पाले सोमबार साँझ काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा गएर आत्मसमर्पण गरेका थिए। त्यसपछि उनलाई जिल्ला प्रहरी परिसर काठमाडौँ, टेकुको हिरासतमा राखिएको थियो।
प्रकाशित मिति: मंगलबार, जेठ २, २०८०