काठमाडौं । संयुक्त राष्ट्रसंघ (यूएन)ले नेपालमा जारी आन्दोलनलाई शान्तिपूर्ण संवादमार्फत समाधान गर्न सबै पक्षलाई आग्रह गरेको छ । संवाद र विश्वास निर्माणका प्रयासलाई सहयोग गर्न आफू तत्पर रहेको भन्दै उसले विज्ञप्ति जारी गरेको छ ।
यूएनको नेपालस्थित कार्यालयले सोमबार सार्वजनिक गरेको विज्ञप्तिमा भनिएको छ, “नेपालमा संवाद र विश्वास निर्माणका पहललाई संयुक्त राष्ट्रसंघले सहयोग गर्न तयार छ, जसले तनाव कम गर्दै समृद्ध नेपाल निर्माणतर्फ अग्रसर बनाउनेछ।”
संयुक्त राष्ट्रसंघले प्रदर्शनकारीलाई शान्तिपूर्ण आन्दोलनमा सीमित रहन र हिंसाबाट टाढा बस्न आग्रह गरेको छ । साथै, सुरक्षाकर्मीहरूले गर्ने सबै गतिविधि संयमित, सन्तुलित र अन्तर्राष्ट्रिय मानवअधिकार मापदण्डअनुरूप हुनुपर्नेमा जोड दिएको छ ।
विज्ञप्तिमा अत्यधिक बल प्रयोग वा दुरुपयोगका घटनाहरूको तत्काल स्वतन्त्र, निष्पक्ष र पारदर्शी छानबिन गर्नुपर्ने उल्लेख छ । यूएनले आन्दोलनरत युवाका माग सम्बोधन गर्ने सबैभन्दा उपयुक्त माध्यम संवाद भएको स्पष्ट पारेको छ ।
संयुक्त राष्ट्रसंघले नेपालले समस्याका मूल कारण समाधान गर्दै शान्ति, स्थायित्व र समृद्ध भविष्यतर्फ अघि बढ्ने विश्वास समेत व्यक्त गरेको
प्रकाशित मिति: मंगलबार, भदौ २४, २०८२