काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले २३ भदौमा पदबाट राजीनामा दिएका छन्। सचिवालयले यो जानकारी पुष्टि गरेको छ।
सोमबारबाट सुरु भएको जेनजी प्रदर्शन उग्र बन्दै गएपछि अन्ततः प्रधानमन्त्री ओली राजीनामा दिन बाध्य भएका हुन्।
प्रदर्शनको क्रममा सोमबार मात्रै १९ जना युवाहरूले ज्यान गुमाएका थिए। मंगलबार बिहानदेखि पनि देशभर प्रदर्शन जारी छ। प्रदर्शनकारीहरूले शीर्ष नेताहरूका घर, पार्टी कार्यालय, सरकारी कार्यालय, प्रहरी भवन तथा अन्य संवेदनशील स्थानहरूमा आगजनी र तोडफोड गरेका छन्।
यसैबीच, देशका मन्त्रीहरूलाई नेपाली सेनाको हेलिकप्टरमार्फत सुरक्षित स्थानमा सारिएको छ। काठमाडौंसहित देशका विभिन्न ठूला शहरहरूमा प्रदर्शन जारी रहेको बताइएको छ।
प्रकाशित मिति: मंगलबार, भदौ २४, २०८२