काठमाडौं । लगातार आक्रामक बनेका जेनजी प्रदर्शनकारी मंगलबार दिउँसो सिंहदरबारभित्रै प्रवेश गरेका छन्। बिहानैदेखि प्रदर्शनमा उत्रिएका उनीहरूले सिंहदरबारको मुख्य गेट तोडेर भित्र छिरेका हुन्।
आइतबारदेखि सुरु भएको आन्दोलन आज पनि तीव्र रुपमा जारी छ। काठमाडौंसहित देशका ठूला शहरहरूमा व्यापक प्रदर्शन भइरहेको छ।
नेताहरूको निवास, पार्टी कार्यालय र प्रहरी कार्यालयमा प्रदर्शनकारीहरूले निरन्तर ढुंगामुढा गरिरहेका छन्। सुरक्षा चुनौती बढेपछि मन्त्रीहरूलाई नेपाली सेनाको हेलिकप्टरमार्फत सुरक्षित स्थानमा सारिएको छ।
प्रकाशित मिति: मंगलबार, भदौ २४, २०८२