काठमार्डौ । वरिष्ठ नेत्र चिकित्सक डा. सन्दुक रुइतले जेन-जी समूहलाई संयमित हुन र सार्वजनिक सम्पत्तिको रक्षा गर्न आग्रह गरेका छन्। मंगलबार सामाजिक सञ्जालमार्फत डा. रुइतले परिवर्तनका लागि सडकमा प्रदर्शन गरिरहेका युवाहरूको अदम्य साहसको प्रशंसा गर्दै, आगजनी र नष्ट गर्ने कार्य रोक्न आग्रह गरेका हुन्।
डा. रुइतले भनेका छन्, “सार्वजनिक सम्पत्तिको संरक्षण गर्नु हरेक नागरिकको पहिलो दायित्व हो। तसर्थ, यसमा नोक्सानी नगरौँ र गर्न नदिऔं। संयमित रहौं। सबै मिलेर देश जोगाऔं, सबै जुटेर देश बनाऔं।”
उनले प्रदर्शनमा सहभागी युवाहरूलाई याद दिलाए कि असहिष्णु र भ्रष्ट राजनीतिक नेतृत्वले पछि हटिसकेको छ, त्यसैले हिंसा र सम्पत्ति नष्ट गर्ने कार्य उचित हुँदैन।
प्रकाशित मिति: मंगलबार, भदौ २४, २०८२