काठमाडौं । देशको प्रशासनिक केन्द्र सिंहदरबार जेनजी युवाहरूले पूर्णरूपमा कब्जा गरेका छन्। प्रदर्शनकारीहरूले मुख्य गेट फोडेर भित्र प्रवेश गरेका थिए र प्रधानमन्त्री कार्यालय, मन्त्रिपरिषद् कार्यालयसहित अन्य मन्त्रालयहरूमा आगजनी गरेका छन्।
सिंहदरबारभित्र थुप्रै युवाहरू प्रदर्शनरत छन् र निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीसहित शीर्ष नेताविरुद्ध नाराबाजी गर्दै आक्रोश पोखिरहेका छन्।
स्थिति अनियन्त्रित बनेपछि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना सिंहदरबारबाट पछि हटेका छन्।
सामाजिक सञ्जालमा लगाइएको प्रतिबन्ध र सरकारी अव्यवस्थाको विरोधमा सोमबार प्रहरीले प्रदर्शनकारीमाथि बल प्रयोग गरेको थियो। त्यस क्रममा १९ युवाको मृत्यु भएको थियो भने मंगलबार कालिमाटीमा थप दुई जनाको ज्यान गएको छ।
प्रकाशित मिति: मंगलबार, भदौ २४, २०८२