काठमाडौँ। त्रिभुवन विमानस्थलबाट उडेको फ्लाइ दुबईको जहाज सुरक्षित रूपमा गन्तव्यतर्फ गएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले बताएका छन् ।
सोमबार त्रिभुवन विमानस्थलबाट उडेको केहीबेरमा विमानमा ठूलो आवाजसहित आगलागी भएको देखिएको थियो । त्यसपछि त्रिभुवन विमानस्थल नागरिक उड्डयन प्राधिकरणले विमान फर्किन सक्ने बताएका थियो ।
तर मन्त्री किरातीले फेसबुकमार्फत विमान गन्तव्यतर्फ गएको जानकारी दिएका छन् । उनले लेखेका छन्, ‘फ्लाइ दुबई जहाज सुरक्षित आफ्नो गन्तव्यतिर जाँदै छ, कोही चिन्ता नगर्नुहोला, सबैलाई शुभ यात्रा ।’
प्रकाशित मिति: सोमबार, वैशाख ११, २०८०