२९ भदौ, काठमाडौँ । विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले दश वर्षभित्र १२ हजार मेगावाट विजुली वितरण गर्ने प्रणाली विस्तार गर्ने घोषणा गरेका छन । बिहीबार एक वर्षको कार्यकालको समिक्षा गर्न आयोजना गरेको पत्रकार सम्मेलनमा कार्यकारी निर्देशक घिसिङले दश वर्षभित्र १२ हजार मेगावाट विजुली वितरण गर्ने प्रणाली विकास गर्ने बताए । कार्यकारी निर्देशक घिसिङले देशभित्र विद्युतको उत्पादन बढाउँदै खपतका लागि आन्तरिक प्रणालीलाई चुस्त र ब्यापक बनाउने पनि बताए । उनले अगामी वर्षसम्ममा विजुली चुहावट थप ३ प्रतिशत घटाउने बताए ।
प्रकाशित मिति: बुधबार, भदौ २८, २०७४