२८ भदौ, काठमाडौँ । एप्पलले एकै पटक तीन फोन सार्वजनिक गरेको छ । एक विशेष समारोहमा आइफोन एट र आइफोन एट प्लससँगै आइफोन एक्स पनि सार्वजनिक गरिएको हो । जसलाई आइफोन टेन भनिन्छ । आइफोन टेनमा फेस आइडी राखिएको छ । फोनको अगाडिको क्यामेराले प्रयोगकर्ताको फेस स्क्यान गरी फेस आइडी तयार गर्दछ ।
प्रकाशित मिति: मंगलबार, भदौ २७, २०७४