२७ भदौ, काठमाडौँ । सरकारको कारण पछिल्लो समय साल्ट टे«डिङ कर्पाेरेशनले आर्थिक रुपमा घाटा व्यहोर्नु परेको छ । सरकारको आग्रह र अनुरोधमा भूकम्पपीडितलाई वितरण गर्न आयात गरेको जस्तापाता गोदाममा थन्किदा, चर्काे मूल्यमा आयात गरी सस्तो मूल्यमा बिक्री वितरण गर्नुपरेको चिनी, सुपथ मूल्यको पसलको शोध भर्ना सरकारबाट प्राप्त गर्न नसक्दा कर्पाेरेशनलाई करोडौँ घाटा हुन पुगेको हो ।
कर्पाेरेशनको ५५औँ वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा महिला, बालबालिका तथा समाजकल्याण मन्त्रालयका सचिव प्रेमकुमार राईले पछिल्लो समय सरकारकै कारण कर्पाेरेशनले आर्थिक घाटा व्यहोर्नु परेको जानकारी दिनुभयो । उहाँले आगामी दिनमा यस्तो घाटा हुन नदिन मन्त्रिपरिषद्बाट निर्णय गराएर मात्र काम गर्न सुझाव दिनुभयो । दैनिक उपभोगका वस्तु नुन, चिनी, रसायनिक मललगायत वस्तु कर्पाेरेशनले बिक्री वितरण गर्दै आएको छ । नौ महिनासम्म पुग्ने नुन कर्पाेरेशनले मौज्जादसमेत गरेको छ ।
कर्पाेरेशनका प्रमुख कार्यकारी अधिकृत उर्मिला श्रेष्ठले कर्पाेरेशनले आगामी दिनमा आफ्नो कामलाई विविधिकरण गर्ने जानकारी दिनुभयो । कर्पाेरेशनका सञ्चालक समितिका अध्यक्ष लक्ष्मीदास मानन्धरले कर्पाेरेशनले सरकारको निर्देशनमा काम गर्दै आएको बताउनुभयो । कार्यक्रममा आपूर्ति मन्त्रालयका सहसचिव कुमुन्दप्रसाद पौडेल र आधिकारिक ट्रेड युनियनका अध्यक्ष मेघराज ज्ञवालीले सरकार र निजी क्षेत्रको सेतुको रुपमा कर्पाेरेशनले काम गरेको बताउनुभयो ।
प्रकाशित मिति: सोमबार, भदौ २६, २०७४