२२ भदौ, काठमाडौँ । दसैँका लागि आजदेखि अग्रिम टिकट बुकिङ खुलेको छ । बिहानैदेखि काठमाडौका नयाँ बसपार्क, कलंकी कोटेश्वरलगायत ठाउँमा रहेको काउण्टरबाट टिकट बुकिङ खुलेको व्यवसायीले जनाएका छन । यातायात व्यवस्था विभागका महानिर्देशक रुपनारायण भट्टराईले भाडा नबढेकाले पुरानै भाडामा टिकट पाइने बताएका छन । कुनै पनि कम्पनीले बढी भाडा मागे प्रहरीलाई १०० वा १०३ मा खबर गर्न उनले आग्रह गरेका छन ।
प्रकाशित मिति: बुधबार, भदौ २१, २०७४