१८ भदौ, काठमाडौँ । महिनाको सुरुदेखि नै उकालो लागेको सुनचाँदीको भाउ आज पनि बढेको छ । सुनको भाउ आइतबार तोलामा ३ सय रुपैयाँ बढेर ५६ हजार ८ सय रुपैयाँ पुगेको छ । यस्तै चाँदी तोलामा १० रुपैयाँ बढेर ७ सय ८० रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सुनमा लगानी गर्नेको संख्या बढेकाले महँगो भएको महासंघले जनाएको छ ।
प्रकाशित मिति: शनिबार, भदौ १७, २०७४