१८ भदौ, काठमाडौँ । नेकपा एमाले निकट कर्मचारी संगठन नेपाल निजामती कर्मचारी संगठनले संञ्चालन गरेको राष्ट्र सेवक बहुमुखी सहकारी संस्था लिमिटेडको अध्यक्षमा गोविन्द निरौला निर्वाचित भएका छन । निरौला कर्मचारी संगठन काठमाडौँका निवर्तनमा सचिव हुन । उनले अध्यक्षमा संगठनका केन्द्रीय उपाध्यक्ष ललितबहादुर महर्जनलाई १९५ मतान्तरले पराजित गरे । काठमाडौँको १० औँ साधारणसभाले उपाध्यक्षमा दावा शेर्पा, सचिव हेमकुमार तिमिल्सिना, कोषाध्यक्ष दिनेश लम्साललाई निर्वाचित गरेको छ । त्यसैगरी सदस्यहरुमा चमेली कार्की(पोखरेल), छिरिङ तामाङ, दीपकप्रसाद अधिकारी, प्रकाश शर्मा, युवराज शर्मा, रामचन्द्र सापकोटा, रामशरण थापा निर्वाचित भएका छन । त्यस्तै लेखा समिति संयोजकमा गणेशप्रसाद गुरागाई, सदस्यमा विकास भट्टराई, तिला भट्टराई निर्वाचित भएका छन । त्यस्तै ऋण उपसमितिमा गिरीराज भट्ट, हरिबहादुर रायमाझी, शिक्षा उपसमितिमा अमृतादेवी अधिकारी र सारदाप्रसाद निरौला रहेका छन ।
प्रकाशित मिति: शनिबार, भदौ १७, २०७४